देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

नेपालभ्युज

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

काठमाडौं ।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे । उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे ।

उनले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले भ्रष्टाचार, तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो । तर अहिले झनै धेरै विकृति बढ्यो ।’

‘पहिला अवार्ड पाउँदा  अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो । अब चाहीँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ । २५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो । कागज लियो, दंग परेर गयो । अहिले पैसा देखिँदा मजा आयो । अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याब्बासी पाएको जस्तो लाग्यो, उनले भने ।’

उनले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याब्बासी पाएको महशुस भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved