अहिले संविधान संशोधन आवश्यक छैन, अलिपछि एकैचोटि गर्नुपर्छ : ओली

नेपालभ्युज

अहिले संविधान संशोधन आवश्यक छैन, अलिपछि एकैचोटि गर्नुपर्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान संशोधन गर्न आवश्यक नभएको बताएका छन् ।

नेकपा एमालेले संविधान दिवससँगै स्वर्गीय नेता सुवास नेम्वाङको स्मृतिमा आयोजना गरेको ‘सुवास र संविधान’ शीर्षकको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयन महत्वपूर्ण भएको बताएका हुन् ।

दुईपटक संविधान संशोधन भइसकेको भन्दै उनले अब टुक्रा–टुक्रामा भन्दा पनि अलिपछि एकैचोटि संशोधन गर्नुपर्ने बताएका छन् ।

‘अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटामात्रै विषय होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ’, उनले भने ।

उनले संविधान निर्माणमा स्वर्गीय नेता नेम्वाङले निर्बाह गरेको भूमिकाको प्रशंसा गरे । नेम्वाङको राजनीतिक, कानुनी व्यक्तित्व निष्कलंक, खोटरहित रहेको पनि उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved