एकैदिन थपिए डेंगीका ४३३ जना संक्रमित

नेपालभ्युज

एकैदिन थपिए डेंगीका ४३३ जना संक्रमित
सांकेतिक तश्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ संक्रमित  थपिएका छन् । यो सँगै यस वर्ष डेंगी संक्रमितको संख्या २७ हजार ९६८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार

यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् भने  डेंगीकै कारण १५ जनाको मृत्यु भइसकेको छ ।

हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको महाशाखाले जनाएको छ ।

कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जना  डेंगी संक्रमित रहेका छन् ।

उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षणहरु  हुन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved