शेखरले बोलाए आफ्नो गुटको बैठकमा विश्व प्रकाश र प्रदीप पौडेललाई

नेपालभ्युज

शेखरले बोलाए आफ्नो गुटको बैठकमा विश्व प्रकाश र प्रदीप पौडेललाई

काठमाडौं। नेपाली कांग्रेसका संस्थापन इतरका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई छलफलका लागि बोलाएका छन्। चोधौँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवासँग सभापतिको प्रत्याशी बनेका शेखरले इतर पक्षको नेतृत्व गर्दै आएका छन्।

तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवामाथि अन्तिम प्रहारको मौका आइपर्दा मैदान छाडिदिएपछि संस्थापन इतर समूहको नेतृत्व गरेका शेखरले अहिले संस्थापन पक्षका नेताहरूलाई छलफलमा बोलाएका हुन्।

बैठक मंगलबार शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ। बुधवार कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ।

केन्द्रिय समिति बैठकअघि उनीहरूलाई बोलाउनुको उद्देश्य विश्व–प्रदीपलाई समूहमा भित्र्याउनु रहेको नेता शेखर कोइराला स्रोतको दाबी छ। १४ औँ महाधिवेशन पछि विश्व–प्रदीपसहितको बैठक पहिलो पटक बस्न लागेको हो।

‘‘ पछिल्लो पटक शेखर कोइरालाले युवा नेतालाई आफ्नो समूहमा ल्याउन सक्रियता देखाइरहेका छन्। केन्द्रीय समिति बैठकको दुई दिनअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापन इतरले छलफल गर्न लागेका छन्’’ शेखर कोइराला निकट स्रोतले भन्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved