काठमाडौं । नेपाली कांग्रेसले स्थगित भएको बिपी साहित्य महोत्सव असोज ३ गते गर्ने भएको छ । बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोसत्व आयोजना हुने जनाइएको छ ।
महोत्सव भदौ २४ र २५ गते दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले महोसत्व स्थगन गरेको थियो ।
आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहनेछन् ।
कांग्रेसको सूचना तथा प्रचार प्रसार विागका प्रमुख मीन विश्वकर्माले गत भदौ २४ र २५ को कार्यक्रममा जस्तै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागीताका लागि सबैलाई अनुरोध गरेका छन् ।
Facebook Comment
Comment