धरानका डीएसपीलाई गृहले सरुवा नगर्दा मेयर साम्पाङलाई तनाव, फेसबुकमा लेख्न छाडेनन् अन्टसन्ट

धरानका डीएसपीलाई संघीय सरकारले सरुवा नगर्दा मेयर साम्पाङलाई तनाव भएको देख्न सकिन्छ। जसकारण उनले फेसबुकमा अन्टसन्ट लेख्न छाडेका छैनन्।

नेपालभ्युज

धरानका डीएसपीलाई गृहले सरुवा नगर्दा मेयर साम्पाङलाई तनाव, फेसबुकमा लेख्न छाडेनन् अन्टसन्ट

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्ललाई सरुवा गरिदिन हारगुहार गरिरहेका छन्। केही दिनअघि गृह मन्त्रालयलाई औपचारिक पत्र लेखेका उनले सामाजिक सञ्जालमा फेरि गुनासो पोख्न रोकेका छैनन्।

‘‘आशा छ गृह मन्त्रीज्यूले पत्र पाउनुभयो। पढ्नु पनि भयो। विश्वास छ, राज्य विहीनता हुनेछैन । विधिको र मर्यादाको सुशासन कायम हुनेनै छु’’ उनले सोमबार फेरि लेखेका छन्।

धरानका डीएसपीलाई संघीय सरकारले सरुवा नगर्दा मेयर साम्पाङलाई तनाव भएको देख्न सकिन्छ। जस कारण उनले फेसबुकमा अन्टसन्ट लेख्न छाडेका छैनन्।

डीएसपी मल्लले आफू स्वयंले दिएको उजुरी समेत दर्ता नगरेको, स्थानीय सरकारले भनेको नमानेको र ढुङ्गा गिट्टी तस्करलाई पक्राउ गर्न जान नमानेको भन्दै मेयर साम्पाङले सरुवा गरिदिन आग्रह गर्दै पत्र लेखेका थिए।

पत्रमा उनले डीएसपी मल्ले पत्र नपठाइ केही गर्न नमानेको, स्थानीय शान्ति सुरक्षामा खासै काम नगरेको, स्थानीय सरकारको सुरक्षा गर्न नसकेको तथा सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजक गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने गरेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved