दही चिउरा खाँदा शरीरलाई कस्तो हुन्छ फाइदा ?

नेपालभ्युज

दही चिउरा खाँदा शरीरलाई कस्तो हुन्छ फाइदा ?

एजेन्सी । धेरैलाई बिहान वा दिउँसोको नास्तामा दहीसँग चिउरा खान पनि मनपर्छ । दही चिउराका धेरै धार्मिक मान्यता पनि जोडिएका छन् ।

यसलाई आफ्नो खानपानमा समावेश गर्दा स्वास्थ्यसँग जोडिएका धेरै लाभ पाउन सकिन्छ ।

दहीचिउरा सजिलै पाचन हुने खानामा पर्दछ । बिहानको नास्ता वा दिउँसोको खाजामा पनि यसलाई खान सकिन्छ ।

चिउरा धानबाट बन्ने भएकाले यसमा प्रचुर मात्रामा फाइबर हुन्छ । चिउरालाई दहीसँग खाँदा पेटलाई स्वस्थ बनाइराख्न पनि सहयोग पुग्छ ।

दही र चिउरा खानाले तौल बढाउने क्यालोरीको मात्रा पनि नियन्त्रित हुन्छ । साथमा दहीचिउरा पोषक तत्त्वले भरपूर हुन्छ जसले गर्दा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ ।

दही र चिउराको मिश्रणमा पर्याप्त मात्रामा आइरन हुन्छ । यदि, तपाईंमा आइरनको कमी छ भने पनि दही चिउरा सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।

दही चिउरालाई नास्तामा खाँदा पेटलाई स्वस्थ राख्न सकिन्छ । यसले पेट दुख्ने, अपच तथा कब्जियतको समस्या पनि हुँदैन ।

दहीमा पाइने प्रोबायोटिक्सले इन्फ्लेमेसनलाई कम गर्न सहयोगी हुन्छ । यसको सेवन गर्नाले इम्युनिटी पनि बुस्ट हुन्छ ।

दही र चिउरामा गुँद, मह, ड्राई फ्रुट्स र फलफूल पनि मिसाएर खान सकिन्छ । यसलाई बिहानको नास्तामा खाँदा दिनभर ताजगी तथा स्फूर्ति आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved