काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई ‘मन्त्री बनाउन ३ करोड मागेको’ आरोपबारे पार्टीमा जवाफ पठाएका छन् । थापाले पार्टीको अनुशासन तथा आचरण समितिलाई जवाफ पठाएका हुन् ।
श्रेष्ठले केही दिनअघि रास्वपा सभापति रावि लामिछानेको कोर टीमका सदस्य थापाले आफूलाई रकम मागेको खुलासा गरेका थिए । कोर टीमलाई दिनका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो ।
मोहनजंग थापाले पार्टीमा बुझाएको जवाफबारे निष्पक्ष छानबिन हुनेमा भने रास्वपाभित्रै शंका उत्पन्न भएको छ । पार्टीभित्रको प्रकरण भएकाले सरकारी निकायबाट नै छानबिन भए विश्वसनीय हुने बताउँछन्, रास्वपाका सांसद मनिष झा ।
उनले पार्टीको अनुशासन तथा आचरण समितिले गरेको छानबिनमाथि सार्वजनिक रूपमा प्रश्न उठ्नसक्ने भन्दै राज्यका निकायले नै छानबिन गर्दा राम्रो हुने बताएका हुन् ।
पार्टीको अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने थापाको स्पष्टीकरणको जवाफ थापा प्राप्त भएको र अब छानबिन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
Facebook Comment
Comment