एसियाली खेलकुद : राष्ट्रिय महिला फुटबल टोली चीनतर्फ

नेपालभ्युज

एसियाली खेलकुद : राष्ट्रिय महिला फुटबल टोली चीनतर्फ

काठमाडौं। एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टोली चीन गएको छ। चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोली चीन उडेको हो।

रेनुका नगरकोटीको कप्तानीमा २२ सदस्यीय नेपाली टोली रहेको छ। बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक हुन्।

नेपाल जापान र भियतनामसँगै समूह ‘डी’मा रहेको छ। जापान विश्वकप विजेता टोली हो। नेपाली टोलीको पहिलो खेल भियतनामसँग असोज ५(२२ सेप्टेम्बर) मा खेल्ने छ। यससँगै १९ औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले डेब्यू गर्नेछ।

असोज ८ (२५ सेप्टेम्बर) मा जापान र असोज ११ (२८ सेप्टेम्बर) मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved