विश्वकप क्रिकेटको लागि इङ्ल्यान्डको टोली घोषणा

नेपालभ्युज

विश्वकप क्रिकेटको लागि इङ्ल्यान्डको टोली घोषणा

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको लागि इङ्ल्यान्डले टोली घोषणा गरेको छ।

भारतमा आगामी महिना आयोजना हुने विश्वकपको लागि जस बटलरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा समावेश नभएको ह्यारी ब्रुकलाई पनि समावेश गर्दै टोली घोषणा गरिएको हो।

सन् २०१९ मा भारतमा आयोजना भएको विश्वकपको उपाधि विजयी टोलीमा रहेका अधिक्तम खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरिएको छ। ह्यारी ब्रुक, डेविड मलान, साम करन, ह्यारी ब्रुक र गस एटिकिन्सन बाहेक अन्य खेलाडी २०१९ को टोलीमा समावेश थिए।

यसै वर्ष सुरुवातमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका बेन स्टोक्सलाई प्रमुख ब्याटरको रूपमा पनि टोलीमा समावेश गरिएको छ। इङ्ल्यान्ड विश्वकपमा साविक विजेताको रूपमा सहभागी हुनेछन्।

इङ्ल्यान्डको टोली
जस बटलर कप्तान , मोईन अली, जोनी बेयरस्टो, गस एटकिन्सन, साम करन, ह्यारी ब्रुक, डेविड मलान, लियाम लिभिङस्टोन, आदिल राशिद, बेन स्टोक्स, जो रुट, डेविड विल्ली, रिस टोप्ली, क्रिस वोक्स र मार्क वुड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved