चुइगम चपाइरहँदा हुन सक्छ समस्या

नेपालभ्युज

चुइगम चपाइरहँदा हुन सक्छ समस्या

एजेन्सी । कतिपय मानिसलाई चुइगम चपाइरहने बानी हुन्छ । तर यस्तो बानीले स्वास्थ्यमा नराम्रो असर पनि पुर्‍याउन सक्छ । आउनुहोस् चुइगम चबाइरहँदा हुने नोक्सानीका बारेमा जानौं ।

  • धेरै चुइगम चबाउनु पेटका लागि नोक्सानदायक हुन सक्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल समस्या जस्तै पेट दुख्ने, पेट सुन्निने तथा मुटु जल्ने जस्तो समस्या हुन सक्छ ।
  • चुइगम चपाइरहने बानीले माइग्रेनको समस्या पनि आउन सक्छ । यसलाई धेरै चपाइरहँदा मांसपेशी र दाँतमा दबाब पर्छ जसले गर्दा टाउको दुख्ने समस्या आउँछ ।
  • चुइगम चपाइरहने बानीले आन्द्रालाई पनि हानी पुर्‍याउन सक्छ । यसमा पाइने अप्राकृतिक गुलियोले आन्द्रा सुन्निने तथा पोल्ने जस्तो समस्याको कारण बन्न सक्छ ।
  • चुइगममा अप्राकृतिक चिनी हुन्छ, जसले क्याबिटी गराउन सक्छ र दाँत कुहिन थाल्छन् । यसले दाँतमा ब्याक्टेरिया बन्ने खतरा बढ्छ ।
  • चुइगम चपाइरहने मानिसलाई जंकफुड पनि अत्यधिक खान मन लाग्छ । धेरै जंकफुड खाँदा मोटोपनको समस्या पनि बढ्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved