चिकित्सक संघ र सरकारबीच वार्ता जारी

नेपालभ्युज

चिकित्सक संघ र सरकारबीच वार्ता जारी

काठमाडौं । आन्दोलनरत चिकित्सक संघ र सरकारबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ ।

हेटौँडास्थित सन्चो अस्पतालमा दुईजना डाक्टरहरू कुटिएको विरोधमा आन्दोलनमा उत्रिएको चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच वार्ता भइरहेको हो ।

चिकित्सक संघले आन्दोलनस्वरुप आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका उपचार सेवा ठप्प पारेपछि सरकारले वार्ताको पहल गरेको हो ।

मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्तामा नेपाल चिकित्सक संघको तर्फबाट संघका अध्यक्ष डा अनिलविक्रम कार्की नेतृत्वको टोली बसेको छ ।

चिकित्सकको आन्दोलनका कारण सेवाग्राही मारमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved