काठमाडौं । कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादीका दुईजना केन्द्रीय सदस्यले पार्टी छाडेका छन् ।
कार्य विभाजनप्रति सन्तुष्टि जनाउँदै पार्टी छाड्नेमा केन्द्रीय सदस्य राजु गुरूङ र सावित्री मल्ल छन् ।
गुरुङ पार्टीको लुम्बिनी प्रदेशका सचिव हुन्। गत निर्वाचनमा उनी रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए।
‘मनोमानी ढंगले कार्यविभाजन गरिएका कारण पार्टी छाडेको उनको भनाइ छ । त्यस्तै मल्लले सामाजिक सञ्जालमा भनेकी छन्– राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन, तर आजका मितिदेखि नेकपा (एकिकृत समाजवादी) पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरियो ।
भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गरेको थियो।
Facebook Comment
Comment