शिल्पीमा ‘ह. राम पण्डित’ (तस्वीरहरु)

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरूबाट साना तिना कुरामा पनि ठूला समस्या र झञ्झट व्यहोर्नु परेको यथार्थलाई नाटकमा व्यंग्यात्मक रुपले प्रस्तुत गरिएको छ।

शिल्पीमा ‘ह. राम पण्डित’ (तस्वीरहरु)

काठमाडौं। श्री भैरव पुरस्कार गुठीको सहकार्यमा दैलो आर्ट्सको प्रस्तुति रहेको नाटक ‘ह. राम पण्डित’ शिल्पी थिएटरको गोठाले नाटकघरमा यही भाद्र २७ गतेदेखि मञ्चन भइरहेको छ।

नेपाली साहित्य जगतका हाँस्यव्यङ्गय बादशाह मानिने स्व. भैरव अर्यालको काउकुती, जय भुँडी, इतिश्री निबन्ध संग्रह भित्रको निवन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको छ ।

मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानु पर्ने कुरा हिन्दू धर्ममा आधारित लोक विश्वास रहेको छ ।

मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस-कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् ? यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झञ्झट झमेलाको सामना गर्छन् । यीनै कुराहरूलाई नाटकमा प्रस्तुत गरिएको छ ।

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरूबाट साना तिना कुरामा पनि ठूला समस्या र झञ्झट व्यहोर्नु परेको यथार्थलाई नाटकमा व्यंग्यात्मक रुपले प्रस्तुत गरिएको छ।

बारत लिम्बुको नाट्य आलेख र निर्देशनमा तयार भएको नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुरौटे, सविन कट्टेल, रोशन मिल्सन राई सन्तोष गिरी, रोशन लोहोरूङ्ग राई, उज्वल राई, सुनिल राई, सझना राई, सन्तोस माझी (क्षितिज) को अभिनय रहेको छ।

नाटक यही असोज १३ गते सम्म मंगलबार बाहेक हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

तस्वीरहरु-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved