घरमै जिम बनाउँदा ध्यान दिनुपर्ने वास्तुका यी नियम

नेपालभ्युज

घरमै जिम बनाउँदा ध्यान दिनुपर्ने वास्तुका यी नियम

एजेन्सी । कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा पहिलो सुख भनेको स्वस्थ रहनु हो । स्वास्थ्यको विशेष ख्याल गर्ने व्यक्तिले खानपानमा मात्र ध्यान नदिएर उनीहरू दैनिक रूपमा कसरत तथा व्यायाम गर्ने वा जिम जाने गर्छन् । तर केही व्यक्तिसँग समय हुँदैन बाहिर गएर कसरत गर्ने त्यसैले घरमै जिम निर्माण गर्ने गर्दछन् ।

घरमा अन्य क्रियाकलाप तथा कोठाहरू बनाउन तथा सजाउनका लागि जसरी वास्तुको नियम लागू गरिन्छ त्यसरी नै जिमका लागि पनि वास्तुका केही नियमहरू छन् । यदि तपाईं पनि घरमै जिम स्थापना गर्न खोजिरहनुभएको छ भने केही वास्तुका नियमलाई ध्यान दिन सक्नुहुन्छ । जानौं ती नियमहरू –

– यदि, तपाईं आफ्नो घरमै जिम बनाइरहनुभएको छ भने तपाईंले दिशाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । कहिल्यै पनि उत्तरपूर्व दिशामा जिम बनाउनु हुँदैन । यदि, तपाईं यसो गर्नुहुन्छ भने आर्थिक, मानसिक तथा शारीरिकरूपमा नोक्सान उठाउनुपर्ने हुन सक्छ । त्यसैले, जिम बनाउनका लागि सधैं दक्षिण दिशा सबैभन्दा राम्रो मानिन्छ । तपाईंले चाहे पश्चिम दिशामा पनि बनाउन सक्नुहुन्छ ।

त्यस्तै, जिमको कुरा गरेपछि जिममा राख्ने सामग्रीहरूको पनि विशेष ध्यान दिनुपर्दछ । जस्तै ट्रेडमिल, डम्बल आदिलाई जहिले पनि दक्षिण दिशाको भित्तासँग वा पश्चिम दिशाको भित्तामा राख्नुहोस् । जिममा हुने गह्रौं सामग्रीका लागि यी दुई दिशा एकदमै राम्रो मानिन्छ । त्यस्तै, जिमका हल्का सामग्री जस्तै साइकल, डोरी, साना सामग्री आदिलाई तपाईं पूर्व वा उत्तर दिशामा राख्न सक्नुुहुन्छ ।

कुनै पनि जिम ऐना बिना अधुरो देखिन्छ । त्यसैले, ऐनाका लागि पनि विशेष स्थान छ वास्तुअनुसार ऐनालाई तपाईं पूर्व वा उत्तर दिशाको भित्तामा मात्रै लगाउनुहोस् । जिममा मिररलाई कहिल्यै पनि दक्षिण वा पश्चिमको भित्तामा लगाउनु हुँदैन ।

जब तपाईं जिममा कसरत गर्न जानुहुन्छ यसमा पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ । कसरत गर्दा मुखलाई पूर्व वा उत्तर दिशामा पर्ने गरी गर्नुपर्छ । यसले तपाईंलाई लाभ प्राप्त हुन्छ साथै लामो समय कसरत गर्ने जाँगर पनि चल्छ । यसले तपाईंलाई लामो समयसम्म थकान महसुस हुँदैन जसले गर्दा राम्रोसँग तपाईं कसरत गर्न सक्नुहुन्छ ।

यसरी जिम त बनाउनुभयो, कसरत पनि नियमितरूपममै गर्नुहोस् । यदि, मेहनत तथा खर्च गरेर जिम बनाउनुभएको छ भने आफ्नो शरीरलाई पनि यस जिमको फाइदा उठाउन दिनुहोस् । यस्तै, विभिन्न वास्तु नियमलाई पालना गर्नुभयो भने तपाईंलाई सकारात्मक नतिजा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved