थाइल्यान्डले चीन र कजाखस्तानका पर्यटकलाई भिसाबिनै प्रवेश अनुमति दिने

नेपालभ्युज

थाइल्यान्डले चीन र कजाखस्तानका पर्यटकलाई भिसाबिनै प्रवेश अनुमति दिने

बैंकक । थाइल्यान्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र कजाखस्तानका पर्यटकहरूलाई बिनाभिसा प्रवेश दिने भएको छ ।

चीन र कजाखस्तान पर्यटकहरूका लागि अस्थायी भिसा छुट दिने प्रस्ताव अनुमोदन भएको हो । थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार यो नीतिले चिनियाँ र कजाखस्तान पर्यटकहरूलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए।

यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने बताए। यस नयाँ नीतिबाट थाइल्यान्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ ।

उनीहरूबाट ३९.१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ । कुल पर्यटन राजश्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ । थाइल्यान्डमा देशको कुल गार्हस्थ उत्पादनको करिब १२ प्रतिशत पर्यटनले ओगटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved