हेटौंडामा चिकित्सक कुट्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी

नेपालभ्युज

हेटौंडामा चिकित्सक कुट्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी

काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिट भएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले आन्दोलनको चेतावनी दिएको छ ।

बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै संघले आपत्ति जनाएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

बुधबार दिउँसो हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि एक समूहले कुटपिट गरेको थियो। अहिले कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved