एसिया कपमा श्रीलंका र पाकिस्तान खेल्दै,  आजको खेल सेमिफाइनल सरह

नेपालभ्युज

एसिया कपमा श्रीलंका र पाकिस्तान खेल्दै,  आजको खेल सेमिफाइनल सरह

काठमाडौं ।  एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ ।

दुवै देशलाई फाइनलमा पुग्न आजको खेल जित्नैपर्ने बाध्यता रहेको छ । आज जित्ने देशले फाइनलमा भारतसँग खेल्नेछ । हार्ने देश बाहिरिनेछ । यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ । नेटरनरेटको कारण श्रीलङ्का फाइनल खेल्नेछ ।

श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन् । बङ्लादेश सुपर फोरबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेल भोलि भारत र बङ्लादेशबीच हुनेछ । फाइनल खेल आइतवार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved