नेपालभ्युज कन्क्लेभ :

कृषिको व्यावसायिकीकरणमा जोड दिएमा उत्पादन बढ्छ, रोजगारीको अवसर हुन्छ- अर्थशास्त्री खतिवडा

नेपालभ्युज

कृषिको व्यावसायिकीकरणमा जोड दिएमा उत्पादन बढ्छ, रोजगारीको अवसर हुन्छ- अर्थशास्त्री खतिवडा

काठमाडौं। वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले राम्रो र मर्यादित रोजगार नै अर्थतन्त्रको समृद्धिको आधार भएको बताएका छन्। समृद्धि, सम्भावना र चुनौती विषयक ‘नेपालभ्युज कन्क्लेभ’मा उनले २ करोड ७ लाख काम गर्ने श्रम शक्तिमा १ लाख ७५ हजार युवा गत आर्थिक वर्षमा मात्र काम गर्न विदेश गएको बताए।

अनौपचारिक रोजगार नेपालमा ५० प्रतिशत रहेको बताउँदै वरिष्ठ अर्थशास्त्री खतिवडाले तैपनि नेपालमा श्रमको उत्पादन निराश जनक रहेको टिप्पणी गरे।

उनले भने, ‘उत्पादन कम भएकाले देशमा श्रमिकले तलब कम पाइरहेको छन्। यसैले पनि नेपाली युवाहरू बिदेसिइरहेका छन्। यहाँ बस्तु तथा सेवाको माग बढेमा रोजगारी सृजना हुन्छ। उत्पादन बढेमा मात्र रोजगारीको अवसर हुन्छ। कृषिको व्यवासायिकरणतर्फ सरकारले जोड दिनुपर्छ।’

अर्थशास्त्री गौचन भन्छन् – युवा पलायनले देश वृद्धाश्रम बन्यो, अर्थतन्त्रलाई उत्पादनशील बनाइहालौँ

सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा भएको कन्क्लेभमा अर्थशास्त्री खतिवडाले देशमै उत्पादन भए युवाहरू स्वदेशमै बस्ने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved