विश्वकप छनोट : ब्राजिलले पेरुलाई हरायो

नेपालभ्युज

विश्वकप छनोट : ब्राजिलले पेरुलाई हरायो
तस्वीर स्रोतः फिफा वर्ल्ड कप/फेसबुक

काठमाडौं। विश्वकप फुटबल छनोटमा ब्राजिलले  पेरुलाई पराजित गरेको छ।

दक्षिण अमेरिकी छनोटमा बुधबार भएको खेलमा ब्राजिलले पेरुलाई १–० गोलअन्तरले पराजित गरेको हो। जारी छनोटमा यो ब्राजिलको लगातार दोस्रो जित हो।

खेलको ९० औं मिनेटमा मार्किन्होसले ब्राजिलको लागि निर्णायक गोल गरे। यससँगै ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved