नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

नेपालभ्युज

नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको शव आज बुधबार पनि पार्टी कार्यालयमा राखिने भएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको शव राखेर श्रद्धाञ्जलि अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएका नेम्वाङको भोलि बिहीबार अन्तिम संस्कार हुँदैछ । नेम्वाङलाई राजकीय सम्मान दिँदै सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved