काठमाडौंमा रातभर वर्षा, खोला र नदीको बाढी खतराको तहमा

केही ठाउँमा मंगलबार दिउँसोदेखि र केही ठाउँमा बेलुकादेखि रातभर वर्षा भएको हो । बूढानीलकण्ठमा ५१ मिलिमिटर, नगरकोटमा ४८ मिलिमिटर, सुन्दरीजलमा २३ र धाप ड्याममा २७ मिलिमिटर पानी परेको छ ।

नेपालभ्युज

काठमाडौंमा रातभर वर्षा, खोला र नदीको बाढी खतराको तहमा
फाइल तश्वीर

काठमाडौं। काठमाडौं उपत्यका सहित देशका केही ठाउँमा रातभर वर्षा भएको छ । रातभरको वर्षाले खोला र नदीमा बाढी आएको छ ।

केही ठाउँमा मंगलबार दिउँसोदेखि र केही ठाउँमा बेलुकादेखि रातभर वर्षा भएको हो । बूढानीलकण्ठमा ५१ मिलिमिटर, नगरकोटमा ४८ मिलिमिटर, सुन्दरीजलमा २३ र धाप ड्याममा २७ मिलिमिटर पानी परेको छ ।

काठमाडौं उपत्यकाको मनोहरा जलमापन केन्द्र्मा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान सम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । बालकुमारीमा मनोहराको जल सतह तीन मिटर नाघेको छ ।

यस्तै, धोविखोला कपन र धोवीखोला चाहबिल जलमापन केन्द्रमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान सम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, गोगंबुमा विष्णुमतिले पनि खतराको तह नाघेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved