बिहान भिजाएको सोँफ र मिश्री पानी पिउनुका फाइदा

नेपालभ्युज

बिहान भिजाएको सोँफ र मिश्री पानी पिउनुका फाइदा

एजेन्सी । हामीले प्रायः खाना खाइसकेपछि सौंफ र मिश्रीको सेवन गर्ने गर्छौं । यसले पाचनसँगसँगै मुखको दुर्गन्ध पनि हटाउन सहयोग गर्छ ।

तर के तपाईंले यी दुईलाई रातभर भिजाएर बिहान सेवन गर्नुभएको छ ? यदी पिउनुभएको छैन भने आउनुहोस् आज जानौं यसका फाइदाका बारेमा–

– सौंफ र मिश्रीको मिश्रणमा भिटामिन, फाइबर, क्याल्सियम, एन्टीअक्सीडेन्ट तथा एन्टीब्याक्टेरियल गुण पाइन्छ । सबैभन्दा खास कुरा के हो भने यसको मिश्रणले गर्मीमा मानिसलाई हाइडे«ट राख्न एकदमै मद्दत गर्छ ।

– त्यसो त सौंफ र मिश्रीको मिश्रण हामीले खाना पचाउनका लागि नै खाने गर्छौं । त्यसैले यसलाई भिजाएर पानी पिउँदा पनि त्यसले पाचन प्रणालीलाई फाइदा गर्छ ।

– बिहान खाली पेट भिजाएर सौंफ र मिश्रीको सेवनले आँखाको रोशनी बढाउन पनि सहयोग गर्छ । यसमा पाइने भिटामिन आँखाको लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

– त्यस्तै यदी तपाईंको नाकबाट रगत आउने समस्या छ भने पनि यसलाई भिजाएको पानी पिउन सक्नुहुन्छ । त्यसैले शरीरमा शितलता दिन्छ जसले गर्दा नाकबाट रगत आउने समस्या कम हुन्छ ।

– गर्मी मौसममा हामी बिहान उठ्ने बेला पनि थकान महसुस गरिरहेका हुन्छौं । यदी तपाईं बिहान यो पानी पिउनुभयो भने तपाईंले ताजगी महसुस गर्नुहुन्छ साथै थकान पनि गायब हुन्छ ।

– मधुमेहका विरामीहरुले भने मिश्री नराखेर सौंफलाई मात्र भिजाएर त्यसको पानी पिउन सकिन्छ । यसबाहेक महिलाहरुका लागि पनि सौंफ पानी फाइदा गर्छ । यसले महिनावारीमा हुने समस्याहरुलाई पनि कम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved