काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार बढेको बजारमा गिरावट आएर मंगलबार सेयर बजार १९.४२ अंकले घटेको हो । आज १९६७.५७ विन्दुमा नेप्से रोकिएको छ ।
मंगलबार कुल २७६ धितोपत्रको ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको हो ।
यस दिन म्युचुअल फन्डबाहेक सबै उपसूचकहरू घटेका छन् । थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
यस्तै, आज शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।
Facebook Comment
Comment