एक चिम्टी नुनले पाउनुहोस् चम्किला दाँत

नेपालभ्युज

एक चिम्टी नुनले पाउनुहोस् चम्किला दाँत

एजेन्सी । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ ।

नुन र तोरीको तेल

दाँतलाई सेतो बनाउनका लागि तपाईं नुनमा तोरीको तेल मिलाएर प्रयोग गर्न सक्नुहुन्छ । यस मिश्रणलाई औंलाको सहयोगले दाँतमा लगाउनुहोस् र हल्कासँग घोट्नुहोस् तपाईंका दाँत मोती जसरी चम्किँदै जानेछन् ।

नुन र बेकिंग सोडा

दाँतमा भएको पहेंलो सफा गर्नका लागि नुन र बेकिंग सोडालाई मिलाई पनि प्रयोग गर्न सकिन्छ । त्यसकालाई नुन र थोरै खानका लागि प्रयोग गरिने बेकिंग सोडा लिनुहोस् र दाँतमा लगाउनुहोस् । यसले मुखबाट आउने नराम्रो गन्धसमेत कम गर्छ ।

नुन र कागती

कागतीमा सिट्रिक एसिड हुन्छ जसले प्राकृतिकरूपमै ब्लिचिंग यानिकी चम्काउने काम गर्छ । नुनसँग कागतीको प्रयोग गरेर पनि तपाईंले सेता दाँत पाउन सक्नुहुन्छ । तर, यसलाई धेरै प्रयोग गर्दा दाँतमा अमिलोले गर्दा कुडिने वा दाँत झन्झन् गर्ने समस्या पनि हुन सक्छ । त्यसको ख्याल राख्नुहोला ।

नुन र अदुवा

नुनमा अदुवा मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । अदुवामा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुण हुन्छन् जसले क्याबिटी जस्तो समस्याबाट जोगाउँछ ।

नुन र बेसार

नुन, बेसार र तोरीको तेललाई मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । यो एन्टिब्याक्टेरियल हुने भएकाले दाँत तथा गिँजा सुन्निएको पनि निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved