पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी पनि गुमाएँ : ओली

नेपालभ्युज

पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी पनि गुमाएँ : ओली
केही समयअघि ओली कम्बोडिया भ्रमणमा जाँदा नेम्वाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिँदै ।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्वाङप्रति श्रदाञ्जली र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसङ्गिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी ! ’

नेम्वाङको गएराति साढे१ बजे निधन भएको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved