एसिया कप क्रिकेट

पाकिस्तानमाथि भारतको अहिलेसम्मकै ठूलो जित,  २ सय २८ रनले हरायो

सोमबार राति जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३-२३ रन बनाए ।

नेपालभ्युज

पाकिस्तानमाथि भारतको अहिलेसम्मकै ठूलो जित,  २ सय २८ रनले हरायो

काठमाडौं।  भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तान भारतसामु निरिह भएको छ।

गएराति कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीयमा पाकिस्तानमाथि भारतको यो नै अहिलेसम्मकै ठूलो अन्तरको जित हो । यसअघि सन् २००८ मा मिरपुरमा भारतले १ सय ४० रनको जित निकालेको थियो

सोमबार राति जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३-२३ रन बनाए ।

भारतका स्पिनर कुलदीप यादवले ८ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । जस्प्रित बुमराह, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले एक एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतका  विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रन र के एल राहुल १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

पाकिस्तानका शादब खानले र शाहिन शाह अफ्रिदीले एक एक विकेट लिए ।

आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो । भारतले मंगलबार श्रीलंकासँग खेल्नेछ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved