कर्मचारी आन्दोलनमा उत्रिएपछि विमानस्थल भन्सारको जाँचपास ठप्प

नेपालभ्युज

कर्मचारी आन्दोलनमा उत्रिएपछि विमानस्थल भन्सारको जाँचपास ठप्प

काठमाडौं । सरुवा नपाएपछि आन्दोलनमा उत्रिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् ।

सुुन तस्करीको अनुसन्धानमा अनावश्यक दुख दिएको भन्दै सरुवा मागेका विमानस्थल भन्सारका कर्मचारी आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार भन्सारको जाँचपास नै ठप्प पारेका हुन् ।

काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved