गृहमन्त्री भन्छन् : सुशासन अभियान रोक्न गम्भीर चलखेल भइरहेको छ

नेपालभ्युज

गृहमन्त्री भन्छन् : सुशासन अभियान रोक्न गम्भीर चलखेल भइरहेको छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियान रोक्न गम्भीर चलखेल भइरहेको बताएका छन् । उनले अहिले सरकारको भ्रष्टाचारविरोधी अभियान शिथिल बनाउन विभिन्न तिकडम भए पनि आफू उक्त अभियानबाट बिचलित नहुने प्रतिबद्धता दोहोर्‍याए ।

‘मलाई पद मात्रै खाएर बसिराखोस् भनेर नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्’, उनले भने, ‘तर म कबुल गर्न चाहन्छु– हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’

ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved