बच्चाको कोठामा भुलेर पनि नराख्नुहोस् यस्ता चिजहरू

नेपालभ्युज

बच्चाको कोठामा भुलेर पनि नराख्नुहोस् यस्ता चिजहरू

एजेन्सी । हरेक बुबाआमाले आफ्नो बच्चालाई खुसी पार्नका लागि अनेक कार्य गरिरहेका हुन्छन् । उनीहरूले बच्चाको कोठा पनि सुन्दर तरिकाले सजाइदिने गर्दछन् । तर, यही कोठा सजाउने क्रममा केही त्यस्ता कुराको पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले, आज जान्ने कोसिस गरौं बच्चाको कोठामा कुन चिज  राख्न हुने कुन राख्न नहुने भन्ने बारेमा–

– बच्चाको कोठामा कैंची वा चक्कु जस्ता धारिलो चिजहरू नराख्नुहोस् । यसले बच्चालाई नोक्सान पुर्‍याउन सक्छ ।

– भुलेर पनि बच्चाको कोठामा कुनै प्रकारका औषधिहरू नराख्नुहोस् । जसलाई बच्चाले खान सक्छन् । चाहे बच्चाकै औषधि किन नहोस् उनीहरूको कोठामा राख्नुहुँदैन ।

– कुनै सिसाले बनाइएको फोटो फ्रेम वा ऐना पनि बच्चाको कोठामा राख्नु हुँदैन । बच्चाहरूले खेल्ने क्रममा सिसा फुट पनि सक्छ जसले गर्दा उनीहरूलाई चोटपटक लाग्ने सम्भावना हुन्छ ।

– यदि, तपाईंको बच्चा सानो छ भने उनीहरूको कोठामा विद्युतसँग जोडिएका कुनै चिजहरू पनि नराख्नुहोस् । सकेसम्म बच्चाले पुग्ने ठाउँमा भएका विद्युतका प्लगहरू पनि ढाकछोप गर्नुहोस् ।

– सानो बच्चाहरूले भुइँमा खसेको चिजहरू पनि टिपेर खाने गर्छन् त्यसैले उनीहरूको कोठालाई सधैं सफा राख्नुपर्छ ।

– बच्चाहरूको कोठामा टिभी मोबाइल जस्ता ग्याजेटहरू पनि राख्नु हुँदैन । उनीहरू त्यसलाई प्रयोग गरिरहने वा चलाइरहन खोज्छन् जसले उनीहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ ।

– त्यस्तै, बच्चाको कोठामा भएका टेबल, कुर्सी, बेड आदि पनि धारिलो खालको हुनुहुँदैन । बच्चाहरू नहेरी यताउता दौडिने गर्छन् जसले गर्दा उनीहरूलाई चोटपटक लाग्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved