कोशीको मुख्यमन्त्रीमा ‘कमब्याक’ भएका कार्कीले शपथ लिँदै

आजै मन्त्रीमण्डल विस्तार

सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्रीमा ‘कमब्याक’ भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै शपथ लिने भएका छन् ।

नेपालभ्युज

कोशीको मुख्यमन्त्रीमा ‘कमब्याक’ भएका कार्कीले शपथ लिँदै

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्रीमा ‘कमब्याक’ भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै शपथ लिने भएका छन् ।

अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले कार्कीलाई मुख्यमन्त्रीको शपथ गराउन लागेको हो ।

बिहीबार सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको थियो ।

मुख्यमन्त्रीसँगै एमाले सांसद तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्रीको शपथ गराउने तयारी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved