प्रधानमन्त्रीको प्रष्टोक्ति : निजामती ऐनले ट्रेड युनियन अधिकार कटौती गरेको छैन

नेपालभ्युज

प्रधानमन्त्रीको प्रष्टोक्ति : निजामती ऐनले ट्रेड युनियन अधिकार कटौती गरेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित २० औं निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए । ‘विधेयकले ट्रेड युनियन अधिकारी कटौती गरेको भनेर हल्ला चलाइएको छ, तर त्यस्तो होइन’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरुपमा प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक र उत्तरदायी व्यावसायिक निजामती प्रशासन बनाउन उक्त ऐन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रीपरिषद् बैठकले संसदमा पठाउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved