फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजीनामा

नेपालभ्युज

फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजीनामा

हेलसिन्की ।  गत अप्रिलमा निर्वाचनमा पराजीत सोसल डेमोक्र्याटस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेकी छन् ।

मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएकी  छन् ।

‘म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ,’ उनले पत्रकारसँग भनिन् ।

मरिनले भनिन्,’म सँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।’

सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेकी थिईनन् ।

त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिईन्। प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनेकी थिईन्, ‘कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।’

अत्यन्त लोकप्रिय नेता भए तापनि मरिन आफ्नो निजी जीवनसँग सम्बन्धित घोटालाहरूमा फसेकी थिईन्, जसले उनको प्रतिष्ठालाई ध्रुवीकरण गरेको थियो ।

अगष्ट २०२२ मा, मरिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएका थिए जसले गर्दा उनलाई गलत कामको शङ्का हटाउन लागुऔषध परीक्षण गर्न प्रेरित गरेको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved