नेपाल सीमापार सुरक्षामा प्रतिबद्ध छ : प्रधानमन्त्री

नेपालभ्युज

नेपाल सीमापार सुरक्षामा प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सीमापार सुरक्षामा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षीहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताएका हुन्।

अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलाप गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको भूमिका अतुलनीय रहने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रहसमेत गरे ।

प्रधानमन्त्री दाहालले नागरिकहरु भयरहीत रुपमा बस्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved