एजेन्सी । सीमित मात्रामा अश्वगन्धाको सेवन बच्चाका लागि पनि फाइदाजनक हुन्छ । बच्चालाई दूधमा अश्वगन्धा मिसाएर खुवाउँदा शरीरको सम्पूर्ण विकास तीव्र गतिमा हुन्छ ।
आउनुहोस् सीमित मात्रामा बच्चालाई अश्वगन्धा खुवाउँदा हुने फाइदाका बारेमा जानौं ।
बच्चालाई अश्वगन्धा खुवाउँदा उनीहरूको मानसिक विकासमा पनि सहयोगी सावित हुन्छ । यसबाट पाइने पोषक तत्वले दिमागको कार्यलाई पनि सक्रिय राख्न सहयोग गर्छ ।
प्रायः बच्चाले खानेकुरामा नाइनास्ती बढी गर्छन्, जसले गर्दा उनीहरूमा कमजोरी हुन सक्छ । यस्तोमा उनीहरूलाई थोरै मात्रामा अश्वगन्धा दूधमा मिसाएर खुवाउनुहोस् । यसले बच्चालाई लामो समयसम्म ऊर्जावान् बनाइराख्छ ।
अश्वगन्धामा कैयौं त्यस्ता एन्टिअक्सिडेन्ट गुण प्रचुर मात्रामा पाइन्छन् जो बच्चालाई हुने ग्यास, अपच तथा पेटसँग जोडिएका समस्यालाई कम गर्न पनि प्रभावकारी सावित हुन्छन् ।
यदि, तपाईंको बच्चाको तौल आवश्यकताभन्दा कम छ भने उसलाई अश्वगन्धा खुवाउन सक्नुहुन्छ । यसमा पाइने पोषक तत्वले पनि भोकलाई बढाउँछ र तौल बढ्न सहयोगी हुन्छ ।
अश्वगन्धा क्याल्सियम र म्याग्नेसियमको राम्रो स्रोत हो जसले गर्दा बच्चाको हड्डीहरू बलियो हुन्छ । यसको सेवनले बच्चामा हड्डीसँग जोडिएका बिमारी हुने आशंका पनि कम हुन्छ ।
Facebook Comment
Comment