बंगलादेशमाथि पाकिस्तानको शानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

सुपर फोरमा पुगेका पाकिस्तान, बंगलादेश, भारत र श्रीलंकाले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

नेपालभ्युज

बंगलादेशमाथि पाकिस्तानको शानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर खेलमा  पाकिस्तानले बंगलादेशलाई हराएको छ

लाहोरको गद्दाफी स्टेडियममा गएराति भएको खेलमा पाकिस्तानले बंगलादेशमाथि ७ विकेटको शानदार जित निकालेको हो ।

जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।पाकिस्तानका ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए भने मोहम्मद रिजवान ६३ रनमा नट आउट रहे ।

बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक/एक विकेट लिए ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अल आउट भयो । बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ६४ र कप्तान सकिब अल हसनले ५३ रन बनाए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ र नसिम शाहले ३ विकेट लिए ।

सुपर फोरमा पुगेका पाकिस्तान, बंगलादेश, भारत र श्रीलंकाले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved