काठमाडौं । पूर्वउपप्रधान वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका पीडित पक्षसँग माफी मागे माओवादी केन्द्रमा जान सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनयुद्धका सिलसिलामा माओवादीले धेरै नराम्रा काम गरेको भन्दै माफी माग्नुपर्ने बताएका हुन् । प्रचण्डले जनताका घरघरमा गएर माफी मागे आफू माओवादीमा जानसक्ने पनि बताएका छन् ।
‘कमरेड प्रचण्डले पीडितका घरमा गएर, आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ’, उनले भने, ‘अहिलेकै अवस्थामा जानसक्ने पार्टी भनेको एमाले र एकीकृत समाजवादी नै हो ।’
समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरु पनि पुँजीवादी नै भएको उनको ठम्याइ थियो ।
Facebook Comment
Comment