एजेन्सी । अफिसमा घन्टौंसम्म कुर्सीमा बसेर काम गर्दा मानिसलाई कयौं प्रकारका समस्या देखिन्छन् । यसै मध्ये एक हो कम्मर दुख्ने समस्या ।
लामो समय बसिरहँदा हुने कम्मरको दुखाई एकदमै सजिलो तरिकाले निको पार्न पनि सकिन्छ । यसका लागि तपाईंले दैनिक केही सजिला योगासन गर्नुपर्छ ।
धनुरासन
धनुरासन गर्नाले मानिसको रिढको हड्डी लचिलो तथा बलियो हुन्छ । यसले शरीरलाई सुडौल बनाउनुका साथै धनुरासनले कम्मर दुखेको पनि ठिक हुन्छ ।
हलासन
हलासन गर्नाले टाउको दुख्ने तथा निद्रा नलाग्ने जस्तो समस्याबाट राहत दिन्छ । यो आसन मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । साथै यसले कम्मरको दुखाई पनि पूर्ण रुपमा हटाउँछ ।
भुजंगासन
कम्मर दुखेको समस्याबाट राहत पाउन भुजंगासन पनि गर्न सकिन्छ । यो आसन गर्नाले मांसपेशी बलियो हुनुका साथै शरीरमा लचिलोपन बढ्छ । यो तनाव कम गर्नका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।
उष्ट्रासन
उष्ट्रासन गर्नाले कम्मरको दुखाईबाट राहत पाउन सकिन्छ । साथै सम्पूर्ण शरीर पनि लचिलो हुन्छ । यो आसन कम्मरदेखि तलको भागको दुखाईका लागि पनि एकदमै लाभदायक हुन्छ ।
Facebook Comment
Comment