काठमाडौं । सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाइ नगर्न सरकारलाई दबाब समेत दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धी ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्नसमेत गरे ।
नेकपा (एकीकृत समाजवादी)का सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे ।
सांसद पाण्डेले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, प्रहरी समायोजनसम्बन्धी ऐन निर्माण र कार्यान्वयन गर्न सरकारले ढिलाइ गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
Facebook Comment
Comment