एजेन्सी । नरिवल र गुडको मिश्रणबाट बनेको लड्डु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । तपाईंले लड्डु नबनाई यसको मिश्रणको सेवन पनि गर्न सक्नुहुन्छ । यसले कयौं स्वास्थ्य समस्यामा राम्रो काम गर्छ ।
धेरै मिठो वा गुलियो खान खोज्दा बच्चाका लागि पनि यो राम्रो मानिन्छ ।
– सुकेको नरिवलमा पाइने एन्टीअक्सिडेन्ट गुणले अक्सीडेटिव स्ट्रेसलाई कम गरेर स्मरण शक्ति कमजोर हुनबाट जोगाउँछ, जो दिमागका लागि फाइदाजनक हुन्छ ।
– सुकेको नरिवल र गुड खानाले शरीरमा जमेको बोसो घटाउन पनि सहयोग गर्छ । गुडमा पोलिफेनोल हुन्छ जसमा एन्टीओबेसिटी गुण पाइन्छ ।
– नरिवल र गुडको मिश्रणबाट बनेको लड्डुको सेवनले छालासम्बन्धी समस्यामा पनि काम गर्छ । यसमा पाइने एन्टिएजिङ गुणले चाउरीपना तथा कालो दागधब्बा कम गर्छ ।
– त्यस्तै, हड्डी बलियो बनाउनका लागि पनि यो लाभदायक हुन्छ । चिनी तथा प्रसोधित गुलियोले जसरी हड्डीमा असर गर्छ यसले भने बलियो बनाउने काम गर्छ ।
– यसरी नै आँखाका लागि पनि यो मिश्रण राम्रो मानिन्छ । यसको नियमित सेवनले आँखामा हुने समस्यालाई कम गर्छ ।
Facebook Comment
Comment