बालेनले भने- सरकारले सय रोपनी जग्गा दिए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं

नेपालभ्युज

बालेनले भने- सरकारले सय रोपनी जग्गा दिए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले सय रोपनी जग्गा दिए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले थप लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू  हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।’

श्रीलंकाको स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बीचमा र भारतीय समर्थकको संख्या ४०–५० जना जति पाएको पनि उनले बताएका छन् । यसले नेपालीको क्रिकेट प्रेमलाई दर्शाएको उनको बुझाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved