चामलको पिठो एक, प्रयोग अनेक

नेपालभ्युज

चामलको पिठो एक, प्रयोग अनेक

एजेन्सी । हाम्रो भान्सामा चामलको पिठो प्राय हुन्छ नै । यसलाई विशेषगरी हामीले विभिन्न रोटी बनाएर खानका लागि प्रयोग गर्छौं ।

तर दिमाग लगायो भने यसलाई धेरै प्रकारले पनि प्रयोग गर्न सकिन्छ । चामलको पिठो मिल वा पसलबाट ल्याउन सक्नुहुन्छ भने आफै घरमा पिसेर बनाउन पनि सक्नुहुन्छ । यो अन्य पिठोको तुलनामा एकदमै छिटो बिग्रने भएकाले हावा नछिर्ने गरी राम्रो शिशा वा स्टिलको भाँडोमा राख्नु पर्छ ।

यदि तपाईंलाई कुरुमकुरुम गर्ने आलु चिप्स वा फ्रेन्च फ्राइज खान मन छ भने आलुलाई तेलमा भुट्नुअघि थोरै मात्रामा चामलको पिठो लगाउनुहोस् । यसरी आलु एकदमै कुरुमकुरुम हुनेछ ।

त्यस्तै चामलको पिठोबाट मिठाई बनाउन पनि सकिन्छ । तपाईं एक कप चामलको पिठोलाई राम्रोसँग भुट्नुहोस् । अब यसमा आधा कप भुटेको नरिवल पाउडर, एक सानो चम्चा सुकमेल पाउडर, चार चम्चा घ्यू राख्नुहोस् । उक्त मिश्रणलाई पगालेको गुड वा भेलीमा मिसाएर साना साना लड्डु तयार गर्न सक्नुहुन्छ ।

यदि तपाईं त्यस्तो परिकार बनाइरहनु भएको छ उम्लिलिरहेको दुधमा दुई चम्चा चामलको पिठो मिसाउन सक्नुहुन्छ ।

चामलको पिठोबाट फेसप्याक वा स्क्रब पनि बनाउन सकिन्छ । एक चम्चा चामलको पिठो, एक चिम्टी बेसार, थोरै मह र दुध मिसाएर लेप तयार गर्न सक्नुहुन्छ । यसरी उक्त लेपलाई अनुहारमा लगाउँदा फाइदा पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved