विदेसिएकाहरूको समस्या समाधान गर्न सरकारले विशेष पहल गर्नुपर्छ : राजेन्द्र लिङदेन

नेपालभ्युज

विदेसिएकाहरूको समस्या समाधान गर्न सरकारले विशेष पहल गर्नुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा केही दिनअघि आफू साउदी अरब र यूएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले उनीहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र यूएईका राजदूतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष लिङ्देनले ले सरकारले बिचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरूको समस्या समाधानमा चासो नदिएको आरोपसमेत लगाए।

उनले भने, ‘केही दिनअघि, मैले सबैभन्दा बढी कामदार रहेका साउदी अरब र यूएईको भ्रमण गर्ने र त्यहाँ काम गर्ने नेपाली कामदारहरूसँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ । नेपालमा गरिखान नपाएपछि उनीहरू त्यहाँ पुगे, तर उनीहरूको अवस्था दयनीय छ । त्यहाँ रहेका राजदूतावासहरूको अवस्था पनि दयनीय छ । सरकारले त्यसले त्यहाँको राजदूतावासको स्थिति सुदृढ बनाओेस् । र वैदेशिक रोजगारमा रहेका युवाहरूको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिसन गठन होस् भनेर माग गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरूको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved