एजेन्सी। एसिया कप क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ । जितसँगै बङ्लादेशले सुपर फोरमा स्थान बनाएको छ । समूह ‘बी’ बाट बङ्लादेश नेटरनरेटको कारण शीर्ष दुईमा रहँदै सुपर फोर खेल्ने पक्का भएको हो ।
जितको लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४ ओभर ३ बलमा २ सय ४५ रनमा अल आउट भयो ।
अफगानिस्तानका इब्राहिम जद्रानले ७५, कप्तान हश्मातुल्लाह शाहिदीले ५१ र रहमात शाहले ३३ रन बनाए ।
बङ्लादेशका तस्किन टाक्सिन अहमदले ४ विकेट लिए भने शोरिफुल इस्लामले ३ तथा हसन महम्मद र मेहेदी हसन मिराजले एक/एक विकेट लिए ।
त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।
बङ्लादेशका लागि मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोले शतकीय पारी खेले । यस्तै, कप्तान सकिब अल हसनले ३२, मोहम्मद नइमले २८, मुश्फिकुर रहीले २५ र शमिम हसैनले ११ रन बनाए ।
अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एक/एक विकेट लिए ।
Facebook Comment
Comment