काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।
आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालीनालीमा क्षति गरेर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरको परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन् ।
उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको तर्क गरिन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताएकी हुन् ।
‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन’, उनले भनिन्, ‘बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ ।’
उहाँले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताइन् ।
Facebook Comment
Comment