एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिसबीच भेटवार्ता, शान्ति प्रक्रिया टुंग्याउनेबारे छलफल

नेपालभ्युज

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिसबीच भेटवार्ता, शान्ति प्रक्रिया टुंग्याउनेबारे छलफल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार भएको भेटमा अमेरिकी सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका बाँकी कामबारे अध्यक्ष ओलीसँग चासो राखेका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुंगोमा पुर्याउन आफूहरु लागिरेको बताएका थिए ।

भेटमा अमेरिकी सिनेटर होलेनले नेपालमा एमसीसी सम्झौता कार्यान्वयन भएकोप्रति खुसी व्यक्त गरेका थिए ।

होलेन अघिल्लो साता नेपाल आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved