सरकारले संविधान दिवस तीन दिन मनाउने

नेपालभ्युज

सरकारले संविधान दिवस तीन दिन मनाउने

काठमाडौं। सरकारले यस वर्ष संविधान दिवस तीन दिन मनाउने भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तर्क्रिया कार्यक्रम हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

विदेशस्थित दूतावासहरू, कूटनीतिक नियोगमा पनि संविधान दिवस मनाउने र तीन दिन नै बेलुका दीपावली गर्ने कार्यक्रम तय भएको मन्त्री ज्वालाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved