सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

नेपालभ्युज

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा समेत दिएका छन् ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्,  ‘याद राख चोर सरकार ।’

कुन प्रकरणमा बालेनले यस्तो चेतावनी दिएका हुन् भन्ने खुलाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved