काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीका बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले आज९शुक्रबार० आईपीओ बाँडफाँट गरेको हो ।
आईपीओ बाँडफाँटमा ८ लाख ९ हजार ७४४ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा ७ लाख ६८ हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।
आवेदकहरूबाट ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ रकम सङ्कलन भएको थियो ।
Facebook Comment
Comment