काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बत्ति नहुने

नेपालभ्युज

काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बत्ति नहुने
सांकेतिक तस्वीर ।

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका केही ठाउँमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भएको छ ।

भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  साढे  बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved